साफ यू-१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ। साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।
बिहीबार कोलोम्बो रेसकोर्स स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार आज साँझ सवा ७ बजेदेखि शुरु हुँदैछ।
यसअघि खेलेको खेलमा नेपालले श्रीलंकालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ।
सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन्। नेपाल समूह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ।
समूह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment