आउने निर्वाचन हाम्रो लागिअग्नि परीक्षा होः सिके राउत

डिसी नेपाल
२ असोज २०८२ ९:१५
44
Shares

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले फागुन २१ गते निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको भन्दै यसमा बहस गरेर समय खेर नफाल्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘फाल्गुन २१ निर्वाचनसम्म अन्यत्र ध्यान नभट्काऔं, अन्यत्र शक्ति खेर नफालौं । पहिला निर्वाचनमा जनमतपार्टीलाई नम्बर १ विजयी पार्टी बनाउने तिर लागौं । फाल्गुन २१ गतेको लागि निर्वाचनको घोषणा भइसकेको छ, सबैदलहरूले मानिसकेका छन् र तैयारीमा जुटिसकेका छन्, निर्वाचन आयोग पनि तैयारीमा जुटिसकेको छ । हामीसँग धेरै समय छैन । मुश्किलले साढे ५ महिना समय छ । दुई–तीनमहिनापछिपार्टी दर्ता गर्ने र समानुपातिक सूचीबुझाउने समय पनिआइसक्छ । यस्तो समयको अभावभएको बेलामापार्टी भित्रविभिन्नकार्य गरेर नेताकार्यकर्ताको ध्यानभट्काउने र थकाउने षड्यन्त्रहुँदैछ ।त्यसैले अरूले जे–जस्तो गरे पनिहामीले ध्याननदिऔं, त्यसको पछिलागेर, त्यो विषयमाछलफल बहस गरेर, पोस्ट गरेर हामी समय खेर नफालौं ।’

त्यस्तै उनले यो निर्वाचन आफूहरुको लागि महाभारत र अग्नि परीक्षा भएको भन्दै निर्वाचनको तयारीमा गाउँगाउँ टोलटोलसम्म जुट्न कार्यकर्तालाई आग्रह गरे ।

‘हामी सबभन्दा पहिला हाम्रो लागि जुन महाभारत हो, अग्निप रीक्षा हो, त्यस निर्वाचनको तयारीमा गाउँगाउँ टोलटोलसम्म जुटौं । नौलो गणतन्त्र नै आगामी निकास हो प्रचार गरौं, बूथ समिति र युवा दस्ता गठन गरौं, प्रशिक्षण दिऔं, परिचालन गरौं । हरेक निर्वाचन क्षेत्रमा चुनाव कसरी जित्ने त्यतातिर लागौं । निर्वाचनपछि सबै कुराको छलफल बहस हुने नै छ । निर्वाचनमा पूरा मधेश कब्जा गरेर र देशकै निर्णायकशक्ति बनेर हामी देखाऔं । त्यो नै हाम्रो विजय हुनेछ ।’उनले भने




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.