जेन-जी कविता : मैले सिंहदरबार जलाएँ 

 चन्द्र मादेन आन्छन
३ असोज २०८२ १३:०७
144
Shares

म जेन-जी हुँ
जेन-जी समृद्ध विचार हो,
आस्था हो, आशाको किरण हो
जेन-जी नेपाली माटोलाई अगाध माया गर्ने काफिला हो
हो जेन-जी जुनसुकै पार्टीमा हिँडे पनि, लागे पनि,
स्वतन्त्र भए पनि, जेन-जी नयाँ सोच हो,
जेन-जी आमोद तृप्त हो, भीमकाय चट्टान हो।
जेन-जी अन्याय, अत्याचार, विकृति,
विसंगति र वेथितिको युगान्तकारी भन्डाफोर हो
जेन-जी क्रान्तिकारी विस्फोटक हो।

हो मैले सिंहदरवार जलाएँ
जुगौंदेखि पिछडिएको देशलाई
सुशानवद्ध समृद्ध बनाउनुत कता हो कता
श्रीपेज बेगरका क्रुर तानाशाह शासकभै
एकैदिनमा ६ दर्जन ज्यादाको नरसंहारले होली खेल्ने
हामी निमुखा सर्वसाधारणलाई प्रवेश नदिने
बादशाहको सिहंदरवार जलाएँ।

मैले प्रहरी कार्यालय जलाएँ
प्रहरी मेरो साथी हो, यो व्यावहारत कता हो कता
नैसर्गिक लोकतन्त्र, प्रजातन्त्र र सुशासन माग्ने
जिजीविषा निहत्था जनतालाई ताकिताकी
छाती र टाउकैमा गोली हान्ने, भेट्टाएसम्म
जनतालाई निर्ममतापूर्वक चरम यातना र पीडा दिने
पुलिसराज प्रहरी कार्यालयलाई मैले ध्वस्त बनाएँ।

हो मैले संसद भवन जलाएँ
जहाँ सदैब देश र जनताको हितको लागि
नीति, नियम, छलफल गरिनु पर्ने
झन्डै करोड युवाहरु जति खाडी र झाडीमा
तर भेडीगोठ भन्दा ज्यादा भेला भइ
तलव, भत्ता, सुविधा पड्काउँदै झन्डावाल गाडीमा
सधैं भाँडभैलो नौटंकी देखाउँदै
आफ्नै नेपाल आमा लुट्ने
सरकार जोगाउने, सरकार गिराउने
भागवन्डा शिवाय केही ननाप्ने, नख्याँस्ने
त्यसैले मैले संसद भवन ध्वस्त बनाएँ।

हो मैले यातायात कार्यालय जलाएँ
जनतालाई सर्वसुलभ तरिकाले
सवारी परिचय पत्र ३ वर्षमा
पनि वितरण गर्न नसक्ने
घुस ख्वाउनेको भने एकैछिनमा हुने
साधन नामसारीमै पास गर्न १५,
२० ठाँउको कोठा चाहर्दा पनि फत्ते नहुने
दलाल र घुसमार्फत मात्रै काम हुने
यातायात कार्यालय मैले ध्वस्त पारिदिएँ।

मैले पार्टी कार्यालय जलाएँ
पार्टीको सिद्धान्त आस्थानुरुप
देश र जनताको सेवक हुनुपर्नेमा
केवल साम्यवाद र समाजवादको मागिखाने
सिद्धान्तको दाँत देखाउने
पैसाको विटामा र गुटमा टिकट बाँड्ने
झोले, ढोके, टोले, मुन्द्रे, मासुभाते
उत्पादन गर्दै समाजघाती राष्ट्घाती कुकार्य गर्ने
पार्टीको कार्यालय मैले ध्वस्त बनाएँ

मैले माथिल्ला नेताहरुको आलिसान घर जलाएँ
नेता भएर जनता र राष्ट्रको हित गर्नु त कता हो कता
हरेकले आशातित जजमान गरिराख्नुपर्ने
भक्कारी भक्कारी पैसाको पिरामीट पार्दै
कुम्ल्याउँदै भ्रष्टाचार गर्दै
वृद्ध खिएको हड्डी भएर, अनवरत कुवा रुँघ्ने भ्यागुताझैं
केवल सरकार बनाउन र टिकाउन गुट बनाउने
पैसाको लागि देशै पनि बेचिदिने
कलुषित राष्ट्रघाती, अवसरवादी,
द्रव्य पिशाच नेताहरुको आलिसान महल जलाएँ।

अनि मैले भाटभटेनी जलाएँ
राजधानीलगायत देशको प्रमुख शहरहरुमा
विनाश्रोत खोलिएको खरवौंको भाटभटेनी
सर्वसाधारणले पनि सर्वसुलभ दरमा किन्नै नसक्ने
केवल विलासी पुँजिपतिहरुको लागि खोलिएको खुल्लेआम करोडौंको जग्गा सत्तारुट भ्रष्टाचारी पार्टीलाई
घुस दिएर अरवौंको कर छली गर्ने
देशलाईनै कंगाल बनाउने,
मुनाफाखोरी भाटभटेनीलाई मैले ध्वस्त बनाएँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.