ओलीज्यू त्यस्ता हतियार भित्र्याउँदा सत्ताको साँचो कहाँ थियो?
काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी ओलीले जेन जी आन्दोलनमा गोली चलाउने आदेश नदिइएको र त्यसक्रममा अर्कै हतियारले गोली प्रहार गरेको भन्दै आफ्नो बचाउ गरेका छन्।
झण्डै दुई तिहाइ मतको शक्तिशाली प्रधानमन्त्रीका रुपमा शासन गरेका ओलीले आफ्नो शासनको अन्त्य निरंकुश शासकको भन्दा पनि क्रुरजस्तो गरी आन्दोलनमा उत्रेका युवाको हत्या गरेबाट भएपछि त्यसको बचाऊमा ओलीले गोली प्रहारमाथि अरुकै षड्यन्त्र देख्न पुगेका हुन्। उनले यो तत्कालका लागि दोषबाट बच्न ओलीले सो कुरा बताए पनि यो प्रसंगले उनकै शासनमाथि गम्भीर प्रश्न उठाइदिएको छ।
शक्तिशाली सरकार चलेको बेला नेपालका गोली चलाउने अधिकार प्राप्त सुरक्षा फौजसँग नभएको बेग्लै हतियार राजधानीमा कसरी आइपुग्यो? त्यो कसले भित्र्यायो? त्यस्ता अत्याधुनिक हतियार आउन्जेलसम्म ओलीको शक्तिसम्पन्न सरकार र उनले अति भर पत्यार गरेर जिम्मेवारी दिएका सुरक्षा फौजका उच्चाधिकारीहरुले के हेरेका थिए?
कुनै बेला मुलुकको शक्तिशाली प्रधानमन्त्री भएका बेला पूर्वमाओवादी नेता डा.बाबुराम भट्टराईले सरकार आफ्नो हातमा भए पनि सत्ताको साँचो अर्कैको हातमा हुने रहेछ भनेका थिए। उनले प्रधानमन्त्रीले पनि सत्ता चलाउन नसक्ने विवशतापूर्ण अवस्थाको खुलासा गरेका थिए।
सार्वभौम देशको प्रधानमन्त्रीले सत्ताको साँचो अरुकै हातमा देख्दा उनको व्यापक आलोचना पनि भएको थियो। तर, शक्तिशाली प्रधानमन्त्री भई सत्तामा ढलीमली गरेको आरोप लागेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि बक्तव्यमार्फत निरिहता नै देखाएको प्रष्ट छ।
नत्र उनले त्यस्ता हतियारधारीलाई राजधानी प्रवेश गर्न किन दिन्थे वा मलाई केही गर्न सक्दैनन् आए आउन भन्ने दम्भपूर्ण विश्लेषणको भ्रममा उनी परेका हुन् भने उनै जानून्।







डिसी नेपाल







Facebook Comment