दुई दशकदेखि असनमा लुगा व्यवसायमा जमेका प्रभा र रशेम
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपाल क्रमश: लयमा फर्किदै छ। हिंसात्मक आन्दोलनका कारण प्रभावित बनेका मझौलादेखि ठूला व्यापारी विस्तारै लय समात्ने तरखरमा छन्।
हिन्दुहरूको महान पर्व दसैं नजिकिँदै गर्दा देशभरका हाट बजारमा चहलपहल बढ्दै गएको छ। विशेषगरी काठमाडौं उपत्यका भित्रका न्यूरोड, असन, इन्द्रचोक, लगनखेल, मंगलबजार जस्ता क्षेत्रमा दसैंको किनमेल गर्नको लागि मानिसको भीड बढ्न थालेको छ।
न्यूरोडकी कपडा व्यापारी प्रभा श्रेष्ठले बजारमा भीड बढेपनि सोचेजस्तो व्यापार हुन नसकेको बताइन्। साथै, व्यापार पहिला जस्तो नभएको र हरेक वर्ष घट्दै गएको पनि उनको भनाइ छ।
उनले भनिन्, ‘बजारमा भीड बढेको छ नभएको होइन् तर व्यापार भने सोचेको जस्तो भएको छैन। अहिलेको अवस्थामा मान्छेले चाहिने सामान मात्र खरिद गर्ने भएकाले अति आवश्यक सामानको विक्री मात्र भइरहेको छ। हामीले भारत, चिनबाट सामान ल्याउने भएको हुनाले केही समस्या भने भएको छैन। हरेक वर्ष व्यापार घट्दै गएको छ, पहिला जस्तो व्यापार भने छैन।’
व्यापारी श्रेष्ठले पनि आन्दोलनको प्रभावले गर्दा व्यापार अलि कम नै भइरहेको बताइन्। ‘अहिले आन्दोलनको प्रभावले गर्दा व्यापार कम छ। हिजोबाट भर्खर चहलपहल हुन थालेको छ। अब फूलपातीसम्म व्यापार कस्तो हुन्छ हेर्नैपर्छ। यसपालि पहिला भन्दा कम नै छ,’ उनले भनिन्।
असनमा आफ्ना ३ वटा पसललाई स्थापित गरिसकेका व्यबसायी रमेश श्रेष्ठले आन्दोलनका कारणले गर्दा सामान्य व्यापारीहरुलाई धेरै नै समस्या परेको गुनासो गरे। खासमा प्रभा र रमेश पति पत्नि हुन्। उनीहरुले असन चोक, मखन चोक, खरायो बेकमा गरेर ३ वटा पसल संचालनमा छन्।
उनले भने, ‘बाहिर बजारमा त व्यापार होला तर भित्रि बजारमा छैन्। आन्दोलनको कारणले सामान्य व्यापारीलाई भने धेरै नै समस्या परेको छ। हामीले त यही व्यापारबाट खानेबस्ने हो। विगत वर्षको भन्दा आफ्नै व्यापार खस्किएको छ। आन्दोलनले गर्दा बजारमा नकारात्मक प्रभाव परेको र व्यापार घटेको अवस्थामा कुनै स्थानमा भने व्यापार बढिरहेको पनि छ ।’







डिसी नेपाल








Facebook Comment