गगनप्रति आक्रोशित प्रकाशशरणको प्रश्न-अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचारसम्म पनि पर्खिन नसक्ने ?

डिसी नेपाल
५ असोज २०८२ १०:४७
220
Shares

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा पनि नेतृत्व परिवर्तनको कुरा उठ्नु गलत भएको बताएका छन्।

आइतबार जेनजी आन्दोलनमा जलाइएको आफ्नो घरको अवलोकन गर्दै उनले तत्काल नेतृत्व परिवर्तनको विषयमा अहिले प्रश्न उठाइरहेकाहरु नै सभापतिको सबैभन्दा नजिक रहेका व्यक्ति भएको पनि बताए।

अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पूरा हुँदासम्म पर्खन सक्दैनौँ ? भन्दै उनले प्रश्न समेत गरे।

उनले भने, ‘२३ गते आउनुभन्दा चार दिन अगाडिसम्म त्यही सभापति अत्यन्त ठिक हुने, हामी टाढा भएका थियौँ। तर अहिले प्रश्न उठाइरहनुभएका वा तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएका साथीहरु सबैभन्दा नजिक हुनुहुन्थ्यो। उहाँहरुका बोली, बचन, वक्तव्य, र उहाँहरुको उठबस हेर्ने हो भने उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो। हामीले पनि भनेका थियौं, कतिपय कुराहरु ठिक भइरहेको छैन। जुन सोच र शैली ओलीजीले देखाइरहनुभएको छ त्यसले ठिक बाटोमा अघि बढ्दैन भन्नेमा थियौं। तर तुरुन्तै अहिले नयाँ परिस्थिति बन्ने बित्तिकै हुँदैन्, एकछिन पनि हुँदैन भनेको के हो ? अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पनि पूरा हुन पर्खन सक्दैनौँ ? आकाश नै झरिहाल्छ ?

त्यस्तै उनले सभापतिमाथि त्रासपूर्ण आक्रमण भएको बेला जम्मेवार नेताहरु संवेशनशिल हुन नसक्नु दुर्भाग्य रहेको धारणा राखे। नयाँ परिस्थितिबारे पार्टीमा गम्भीर छलफल गरेर सुधार गर्नुपर्ने पक्षहरु सुधार गरेर अगागि बढ्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.