बालाजु बस दुर्घटना : ३४ जना घाइते

डिसी नेपाल
५ असोज २०८२ १२:३०
220
Shares

काठमाडौं। काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।

आइतबार बिहान काठमाडौँ महानगरपालिका-१६ स्थित बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टीदा ३४ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए।

उनले भने,  ‘३४ जना घाइते भएका छन्। काठमाडौंको विभिन्न अस्पतालहरुमा उनीहरुको उपचार भइरहेको छ। अहिले सम्म कसैको मृत्यु भएको छैन।’
उनको अनुसार बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.