कोरला नाका सञ्चालनमा, ३४ करोडभन्दा बढी राजस्व संकलन

डिसी नेपाल
५ असोज २०८२ १३:५१
40
Shares

काठमाडौं। रसुवा भन्सार कार्यालय बाढीका कारण पूर्ण रूपमा बन्द र तातोपानी भन्सार कार्यालय पहिरोका कारण अवरुद्ध भएपछि नेपाल–चीन व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका पुर्ण रुपमा सञ्चालनमा ल्याइएको छ।

भदौ ३० गतेदेखि औपचारीक रुपमा सञ्चालनमा आएको यस नाकाबाट असोज ४ गतेसम्म २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी साधनमार्फत आयात भएका सामान जाँचपास गरिएको भन्सार विभागले जनाएको छ। विभागका अनुसार सो अवधिमा ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन भएको छ।

हाल कोरला नाकामा आशिकुडा प्रणाली पनि सञ्चालनमा आइसकेको छ। साथै नेपाल राष्ट्र बैंकको भदौ ३१ गतेको परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई पनि चिनियाँ भूभाग हुँदै प्रतितपत्र (एलसी) मार्फत सामान आयात गर्न एकीकृत परिपत्र–२०८१ मा समावेश गरिएको छ।

सरकारले रसुवा र तातोपानी मार्गमा अवरोध कायम रहँदा वैकल्पिक भन्सारमार्फत व्यापारमा निरन्तरता दिन थालेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.