तुइन खोलाको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

डिसी नेपाल
५ असोज २०८२ १६:५८
92
Shares
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
विभागका प्रवक्ता प्रभातकुमार झाले पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणघाट सडकखण्ड एकतर्फी रुपमा सञ्चालन आएको जानकारी दिए।
सडक विभागले तुइन खोलामा खसेको पहिरो हटाएको हो। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ४० घण्टाभन्दा बढी समयदेखि मुग्लिन–नारायणघाट सडकखण्डमा हजाराँै यात्रु अलपत्र परेका थिए।
विभागका अनुसार पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) लगायतका राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छन्। एक सय ६८ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएका विभागले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.