नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

डिसी नेपाल
५ असोज २०८२ १७:३३
28
Shares

काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

विभागका प्रवक्ता प्रभातकुमार झाले पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नारायणघाट सडकखण्ड एकतर्फी रुपमा सञ्चालन आएको जानकारी दिए। सडक विभागले तुइन खोलामा खसेको पहिरो हटाएको हो। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ४० घण्टाभन्दा बढी समयदेखि मुग्लिन-नारायणघाट सडकखण्डमा हजाराैँ यात्रु अलपत्र परेका थिए।

विभागका अनुसार पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी, रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङटार-खाँदबारी-नुम–किमाथाङ्का (कोशी राजमार्ग) लगायतका राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छन्। एक सय ६८ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएका विभागले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.