विपिनका आमा र बहिनीले भेटे प्रधानमन्त्री

डिसी नेपाल
५ असोज २०८२ १८:५६
44
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री कार्कीलाई भेटेर विपिनका आमा पदमा र बहिनी पुष्पाले विपिनको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेका हुन्।

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले विपिनको रिहाइका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताएको भेटमा सहभागी परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.