उदयपुरमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

डिसी नेपाल
५ असोज २०८२ २३:०४
136
Shares

कटारी। उदयपुरमा आज भएको छुट्टाछुट्टै घटनामा दुइजनाको मृत्यु भएको छ।

उदयपुरगढी गाउँपालिका–६ धप्परका ४० वर्षीय तोपबहादुर सार्कीको आज साँझ खोलाले बगाउँदा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार सार्कीलाई नेपालटार बजारबाट घर जाँदै गर्दा वैजनाथ खोलाले बगाएर मृत्यु भएको हो। खोला तर्ने क्रममा सार्कीलाई बगाएपछि ५०० मिटर तल शव भेटिएको छ।

त्यसैगरी आजै त्रियुगा नगरपालिका–३ चाँप बगरटोलका २४ वर्षीय रमिला राईको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको छ। दसैँका लागि घर लिप्न गेरुवाई खोलामा माटो खन्ने क्रममा राईलाई ढिस्कोले पुरेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.