बाजुरामा राँगा जुधाएर बडादशैंको स्वागत

डिसी नेपाल
६ असोज २०८२ ७:३६
28
Shares

बाजुरा। बाजुरामा राँगा जुधाएर बडादशैंको स्वागत गरिएको छ। नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावलीको पूर्वसन्ध्यामा स्थानीयहरुले राँगा जुधाएर दशैको स्वागत गरेका हुन्।

हिन्दुहरुको महान् पर्व विजयदशमिको घटस्थापनाको पहिलो दिन भगवतीको पुजाआराधना गरि घरघरमा जमरा राखि दशैंको शुभारम्भ गरिन्छ। तर बाजुरामा भने एकआपसमा राँगा जुधाएर दशंैको शुभारम्भ गरिएको हो।

बाजुराको सदरमुकाम मार्तडी स्थिति बडीमालिका नगरपालिका वडा.नं. ८ बाउलीमा मार्तडीबासीहरुले एकआपसमा राँगालाई जुधाएर दशैँको स्वागत गरेका हुन्।

हरेक बर्ष झैँ यस बर्ष पनि राँगा जुधाएर महान चाड बडादशैंको स्वागत गरिएको बडिमालिका नगरपालिका वडा नम्बर ८ का स्थानीय धने थापाले बताए।
यहाँका स्थानीयले एक आपसमा राँगा जुधाएर बडा दशैंको स्वागत गर्ने गरेका छन्। रावल वाडा र थापाबाडा ओल्लो पल्लो गाउँका राँगाहरु जुधाइएका हुन्। जसमा थापाबाडिको राँगाले जितेको हो।

लेकबाट औलतिर भैंसीहरु झारिसके पछि एकआपसमा कसको राँगामा कति बल छ,कसले राम्रोसँग पालन गरेको छ भन्ने कुरा प्रष्ट पार्न घटस्थापनाको अघिल्लो दिन जुधाईने प्रचलन रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.