राष्ट्रिय क्रिकेट टोली आज यूएई जाँदै

डिसी नेपाल
६ असोज २०८२ ८:०१
44
Shares

काठमाडौं। विश्व विजेता वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न आज नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई प्रस्थानन गर्न लागेको हो।

टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी-२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपालले त्यहाँ वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ।

शुक्रबार नै यूएई जाने तयारीमा रहेको नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा रोकिएको हो। आइतबार भिसा पाएसँगै नेपाली टोली आज यूएई जाने भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.