राउटे करिडोर निर्माण

डिसी नेपाल
६ असोज २०८२ ९:३१
32
Shares

सुर्खेत । घुमन्ते लोपोन्मुख राउटे समुदायको उत्थान, संरक्षण सशक्तीकरणका लागि राउटे नीति तयार गरिएको छ ।

कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले बनाएको राउटे नीति सरोकारवाला पक्षसंगको छलफल पछि तत्काल लागू गरिने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए ।

‘शिक्षा, स्वास्थ्य, गास, बास, कपासलगायत राउटे समुदायको समग्र सशक्तिकरणका लागि नीति बनाएका छौं,’मन्त्री भण्डारीले भने, ‘सरोकारवाला पक्षसँग छलफल गरेर यसलाई चाँडै कार्यान्वयनमा लैजान्छौं।’

मन्त्री भण्डारी राउटे समुदाय प्रकृतिमा रमाउने भएकाले सोही अनुसार उनीहरुको संरक्षण गर्नुपर्ने सरकारको धारणा रहेको बताए।

राउटे समुदायले प्रकृतिमा रमाउन सक्ने र उनीहरुको परम्परागत सीप र कलालाई संरक्षण गर्ने गरि नीति बनाईएको उनले बताए ।

त्यसका लागि राउटे करिडोर निर्माण गरि विगत १० वर्षदेखि उनीहरु बस्दै आएको स्थानलाई करिडोरभित्र समेट्ने, करिडोरभित्र पर्ने सामुदायिक वनहरुमा उनीहरुका लागि आवश्यक वृक्षारोपण गर्नेलगायतका विषय नीतिमा समावेश गरिएको मन्त्रि भण्डारीले जानकारी दिए ।

राउटेहरुलाई बस्ती प्रवेशमा कडाई, बाह्य मदिरा नियन्त्रण गरि उनीहरुको कला, संस्कृति र सीपको संरक्षण गरि उनिहरुको सशक्तीकरण गरिने लगायतका बिषयहरु राउटे नीतिमा समेटिएको उनले बताए ।

कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले राउटे समुदाय पछिल्ला दिनमा कुलतमा परेको भन्दै यसबाट जोगाउनु पर्नेमा जोड दिए । राउटे समुदायलाई सरकारले उपलब्ध गराउदै आएको भत्ता नगदबाट जिन्सीमा दिने गरि व्यवस्था गर्नु पर्ने बताए ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता हिक्मतबहादुर विष्टले लोपोन्मुख राउटे समुदायको संरक्षणका लागि सरकारले कानुन बनाउने तत्परता नदेखाए प्रदेशसभामा गैरसरकारी विधेयक दर्ता गर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.