लायन्स क्लब माछापोखरीद्वारा जेनजी सहिदहरुको सम्झनामा दीप प्रज्वलन

डिसी नेपाल
६ असोज २०८२ १४:०३
60
Shares

काठमाण्डौं।जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउन पुगेका सहिदहरुको मृत आत्माको शान्तिको कामना गर्दै राजधानी काठमाण्डौंमा एक सामाजिक संस्थाद्वारा दीप प्रज्वलन गरी बृहत रुपमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

लायन्स क्लब अफ काठमाण्डौं श्री माछापोखरीले लियो क्लब अफ काठमाण्डौं श्री माछापोखरी र दुबई नेपाल इन्फ्युन्सर ग्रुप (डिएनआइजी) सँगको संयुक्त आयोजनामा हिजो साँझ दिप प्रज्वलनसहित श्रद्धाञ्जली अर्पण गरिएको हो भने आन्दोलनमा घाइते भई विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका योद्धाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

क्लबको कार्यालय परिसर काठमाण्डौं महानगरपालिका वडा नं. १६ स्थित तारकेश्वरधाम (गुम्बा) मन्दिर क्षेत्रमा सयौंको संख्यामा उक्त कार्यक्रम गर्दै परिवर्तनको निम्ति जेनजी आन्दोलनमा बलिदानी दिनुहुने शहिदहरुको सम्झना र सम्मानस्वरुप दिप प्रज्वलन कार्यक्रम गरिएको क्लबका सचिव जगदिश्वर थपलियाले जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लबका अध्यक्ष सनतकुमार बस्नेत, उपाध्यक्ष बाबुराम खत्री, लियोका अध्यक्ष प्रकृति अधिकारी, डिएनआइजी सञ्चालक मनोज मरहट्टा, सोसल फोरम लिडर अनिलजंग थापासहित सहभागीहरुले राष्ट्रिय गान गाउँदै शहिदप्रति उच्च सम्मान व्यक्त गरेका थिए ।

केही दिनअघि पनि यस संस्थाले जेनजी आन्दोलनमा घाइते भई अस्पतालमा उपरार गराइरहेका बिरामीहरुलाई राष्ट्रिय ट्रमा सेन्टरमा पुगी खानाको व्यवस्था गरिदिएको थियो । १७ वर्षअघि लायन्स क्लब अफ काठमाण्डौं श्री माछापोखरीले हालसम्ममा देशका विभिन्न स्थानहरुमा सयौं संख्यामा सामाजीक सेवाका कार्यहरु गर्दै आइरहेको छ ।

क्लबले केही दिनअघि मात्रै नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ कविलासस्थित ब्रम्हेश्वर गुरुकुल विद्यालयमा अध्ययनरत ४६ जना विद्यार्थी र ४ शिक्षकहरुका लागि खाद्य सामग्रीहरु वितरण गरेको थियो भने तिजको अवसरमा काठमाण्डौं महानगरपालिका वडा नं. १६ स्थित तारकेश्वरधाममा स्वास्थ्य शिविरको आयोजना गरी २ सय ४८ जनाले निशूल्क स्वास्थ्य सेवा दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.