दसैं अवधिमा जिल्ला अदालत खुला रहने

डिसी नेपाल
६ असोज २०८२ १६:२६
72
Shares

भद्रपुर (झापा) । झापा जिल्ला अदालतमा यसवर्षको दसैं बिदामा समेत बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ हुने भएको छ।

अदालतका स्रेस्तेदार उपसचिव डिल्लीराम प्रसाईका अनुसार विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारबाहेकका दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन लिई सुनुवाइ गर्न अदालत खुला रहने उनले बताए।

अन्य सरकारी कार्यालयले दसैँको अवसरमा सामान्यतया ६ दिन बिदा दिने गरे पनि देशभरका अदालतले भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन सार्वजनिक बिदा दिने परम्परा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.