कोदारी राजमार्ग सञ्चालनमा

डिसी नेपाल
६ असोज २०८२ २२:०१
36
Shares

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग आज दिउँसोदेखि सञ्चालनमा आएको छ। सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार सो राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारी, इर्कुसहित पाँच स्थानको पहिरो हटाएर सडक सञ्चालन गरिएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे जानकारी लिएका थिए।

अनुगमनका क्रममा पहिरोबाट सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रका बासिन्दासँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरणका उपाय, सडकलाई स्थायी रूपमा सञ्चालन गर्न दीर्घकालीन प्राविधिक कार्यसहितका विषयमा समेत छलफल गरिएको थियो।

चाडपर्वको बेला चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने बाटो बन्द भएपछि पहिरो हटाउने काममा स्थानीयले अवरोध गरेका थिए। त्यसपश्चात मन्त्री घिसिङले गत बुधबार भोटेकोशी–२ का वडाध्यक्षलगायत स्थानीय अगुवालाई आफ्नै निवासमा बोलाएर बाटो खोल्न आवश्यक सहयोग र सहजीकरण गरिदिन आग्रह गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.