डेम्बेलेले पहिलोपटक जिते बालोन डी’ओर
काठमाडौं । फ्रान्सेली फुटबल खेलाडी उस्मान डेम्बेलेले आफ्नो पहिलो बालोन डी’ओर अवार्ड जितेका छन्। महिला तर्फ स्पेनकी आइताना बोनमट्टीले लगातार तेस्रो पटक यो अवार्ड जितेकी छिन्। यो सम्मान वर्षको उत्कृष्ट फुटबल खेलाडीलाई दिइन्छ।
२८ वर्षीय फरवार्ड डेम्बेलेले फ्रान्सेली क्लब पीएसजीबाट खेल्छन्। गत सिजन उनले पीएसजीका लागि ५३ खेलमा ३५ गोल गरेका थिए र १४ गोलमा असिस्ट गरेका थिए।
महिला तर्फ यो सम्मान स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर आइताना बोनमट्टीलाई दिइएको छ। बोनमट्टी लगातार तेस्रो पटक यो पुरस्कार प्राप्त गर्ने पहिलो महिला फुटबल खेलाडी बनेकी छिन्। बोनमट्टीले २०२३ र २०२४ मा पनि यो पुरस्कार जितेकी थिइन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment