ट्याक्टरको ठक्करबाट एकको मृत्यु
नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा आज ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
भे १२ प ९४८७ नं को पल्सर मोटरसाइकललाई भे १ त ७७८४ नं को ट्याक्टरले ठक्कर दिँदा भेरी आयल, नेपालगञ्जका सञ्चालकसमेत रहेका नेपालगञ्ज- १ निवासी मोटरसाइकल चालक ५५ वर्षीय कर्णबहादुर थापाको मृत्यु भएको हो।
थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिए।
नेपालगञ्ज- १ का वडाध्यक्ष प्रमोद रिजालले थापा निधनले आफू मर्माहत भएको भन्दै भारतको चेन्नईमा अध्ययनरत मृतकका छोरा फर्किएपछि अन्तिम संस्कार गरिने जानकारी पाएको बताए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment