काठमाडौं महानगरपालिकाबाट विभिन्न स्थानीय तहलाई एम्बुलेन्स सहयोग

डिसी नेपाल
७ असोज २०८२ २२:५९
64
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले एम्बुलेन्स नभएका ग्रामीण भेगका स्थानीय तहलाई एम्बुलेन्स वितरण सुरु गरेको छ। महानगरले आजदेखि विभिन्न पालिकालाई ३५ वटा एम्बुलेन्स वितण सुरु गरेको हो।

आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा व्यवस्था गरेअनुसार देशभरका विभिन्न गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको महानगर स्वास्थ्य विभागका प्रमुख दीपक केसीले जानकारी दिए।

यसअघि आव २०८०/८१ को बजेटमा पनि यो व्यस्था गरिएको थियो। त्यसलाई निरन्तरता दिँदै चालु आवमा नगरसभाको निर्णयबाट ३५ थान ‘बी–क्लास’ एम्बुलेन्स खरिद गरी वितरण गर्ने तयारी भएको थियो । बोलपत्र प्रक्रियामार्फत श्री अग्नि इन्करपोरेटेड प्रालिसँग सम्झौता भई आपूर्ति भएका एम्बुलेन्सलाई प्राविधिक टोलीले परीक्षण गरी प्रतिवेदन प्राप्त भएकाले वितरण प्रक्रिया अघि बढाइएको स्वास्थ्य विभाग प्रमुख केसीको भनाइ छ।

गत आव २०८१/८२ मा रु आठ करोड १० लाख विनियोजन भई एम्बुलेन्स सहयोग गरिएको र चालु आव २०८२/८३ को नीति तथा कार्यक्रममा यसलाई निरन्तरता दिँदै रु आठ करोड १० लाख विनियोजन गरिएको छ। महानगरले प्राप्त अनुरोध तथा मापदण्डका आधारमा छनोट भएका गाउँपालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने निर्णय भएको छ।

एम्बुलेन्स पाएपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँले ग्रामीण स्वास्थ्य सेवामा टेवा पुगेको बताए।

सोलुखुम्बुको सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत भन्छन्, ‘यो जनता जनताबीच मधुरसम्बन्ध विकासको नमूना हो।’ बैतडीको सिगास गाउँपालिकाका उपाध्यक्ष धना धामीले एम्बुलेन्स पाएकामा खुशी व्यक्त गर्दै अब तिनलाई व्यवस्थापनका लागि कार्यविधि बनाएर अगाडि बढ्ने धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.