एउटा राष्ट्रपतिको सवारीले अर्का राष्ट्रपति जाममा फसे, आधा घण्टा सडकमा पैदल हिँडे
काठमाडौं । सोमबार राति संयुक्त राष्ट्र संघको महासभामा भाषण दिएपछि आराम गर्न फ्रान्सेली दूतावासतर्फ जाँदै गर्दा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंको कारलाई सडकमै रोकियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पको सवारीका कारण प्रहरीले म्याक्रोनलाई रोकेको थियो। ट्रम्प पनि राष्ट्रसंघको महासभामै जाँदै थिए ।
जब म्याक्रोनको सवारी रोकियो, उनी ओर्लिए र प्रहरी अधिकारीलाई यसबारे सोधपुछ गरे। यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। त्यसपछि उनले ट्रम्पलाई फोन गरेर बाटो खाली गर्न आग्रह गरे।
प्रहरी अधिकारीले म्याक्रोनलाई भने, “राष्ट्रपति महोदय, मलाई माफ गर्नुहोस्। अहिले सबै कुरा अवरुद्ध छ।” प्रहरीले ट्रम्पको सवारी त्यहाँबाट अगाडि बढिरहेको, जसले गर्दा यो घटना भएको बताए।
यसपछि, म्याक्रोनले तुरुन्तै ट्रम्पलाई फोन गरे र हाँस्दै भने – “तपाईं कस्तो हुनुहुन्छ ? तपाईंलाई थाहा छ, म बाटोमा अड्किएको छु, किनकि तपाईंको लागि सबै कुरा बन्द छ। छिटो बाटो खाली गर्नुहोस्।”
यो कुराकानी हुँदासम्म ट्रम्पको सवारी अगाडि गइसकेको थियो र सडक पैदल यात्रीहरूको लागि मात्र खुला थियो। यद्यपि, म्याक्रोन आफ्नो कारमा फर्किएनन् र ट्रम्पसँग कुरा गर्दै पैदलै हिँडे।
म्याक्रोनले ट्रम्पसँग फोनमा कुरा गर्दै न्यु योर्कको सडकमा आधा घण्टा हिँडेर बिताए। उनले बाटोमा मानिसहरूसँग तस्बिर पनि खिचाए। एक व्यक्तिले म्याक्रोनको निधारमा चुम्बन पनि गरे।
यो शहरका मानिसहरूका लागि आश्चर्यचकित पार्ने घटना थियो, किनकि सामान्यतया कुनै पनि देशको राष्ट्रपतिको साथमा भारी सुरक्षा व्यवस्था हुन्छ।







डिसी नेपाल








Facebook Comment