मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय महिला पक्राउ
काठमाडौं । सुन जस्तो देखिने करिब ८ सय ३५ ग्रामको पदार्थसहित एक जना भारतीय नागरिक पक्राउ परेकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थनलको आगमन भन्सार एरीयाबाट ४८ वर्षीय रोनक मदनी मंगलबार दिउँसो पक्राउ परेकी हुन्।
ईण्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएकी उनलाई आगमन भन्सार एरीयामा चेकजाँच पश्चात उक्त स्थानमा खटिएका प्रहरीलाई शंका लाग्दा उनलाई नियन्त्रणमा लिइएको थियो।
केएमसी अस्पतालमा लगेर भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको पदार्थ फेला परेको प्रहरीको भनाई छ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment