फागुन २१ मै निर्वाचन गराउन सरकारसँग माओवादी केन्द्रको माग

डिसी नेपाल
८ असोज २०८२ १५:२९
48
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषित मितिमै निर्वाचन गराउन सरकारसँग माग गरेको छ।

आज बसेको स्थायी कमिटी बैठकबाट फागुन २१ मै निर्वाचन गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको प्रवक्ता अग्नि सापकोटाले बताए। समयमै निर्वाचन गराउन पार्टीले आवश्यक भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिसँग एकताको लागि प्रभावकारी पहल गर्ने निर्णय भएको उनले बताएका छन्।

बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका एजेन्डासमेत तय गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.