नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण जनतामा तीव्र वितृष्णा बढेको हो : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरूप्रति जनता आक्रोशित रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०६२-०६३ को जनआन्दोलनपछि मुलुकमा आमूल परिवर्तन र समृद्धिको सपना बोकेका नेपाली जनताको त्यो सपना अपुरो मात्र नभई अब भविष्य नै अन्धकारमय बन्ने खतरा देखिएको बताएका हुन्।
उनले कांग्रेस, एमाले र माओवादीजस्ता प्रमुख दलहरूका नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण जनतामा तीव्र वितृष्णा बढेको उल्लेख गरे।
उनले भने ‘विगत केही वर्षदेखि नेपाली जनतामा राजनीतिक दलहरू, तिनीहरूले लिएको व्यवस्था र नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण ठूलो असन्तुष्टि र आक्रोश छ, ६२-६३ को आन्दोलनपछि आमुल परिवर्तन हुन्छ, नेपाली जनताको आर्थिक विकास र सम्वृद्धि हुन्छ भन्ने धेरै ठूलो सपना नेपाली जनताहरुले बोकेका थिए। तर ६२–६३ आन्दोलनका अगुवा र ति राजनीतिक दलका नेताहरुको भ्रष्ट प्रवृत्तिको कारणले गर्दाखेरि नेपाली जनताको सपना अधुरो मात्रै रहेको होइन भविष्य नै अन्धकारमय हुने खतरा देखियो। खासगरी कांग्रेस, एमाले र माओवादीजस्ता पार्टीहरुप्रति जनतामा तीव्र वितृष्णा भएर जनताले परिवर्तन खोजिरहका थिए।’
थापाले हालसालै देशमा उठेको जेनजी आन्दोलनको सन्दर्भमा राप्रपा नेपालले खेलेको भूमिकाबारे पनि प्रष्ट पारे। ‘भ्रष्ट व्यवस्था र शासनविरुद्ध जनमत बटुल्न जेनजी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको छ र, राप्रपा नेपाल मात्र यस्तो पार्टी हो जसले सबैभन्दा पहिले यो आन्दोलनलाई खुलेर समर्थन र सघाएको हो।’ उनले भने।







डिसी नेपाल







Facebook Comment