सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल नियुक्त, मृतक परिवारलाई आर्थिक सहायता दिने निर्णय

डिसी नेपाल
९ असोज २०८२ १९:०२
260
Shares

काठमाडौं । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई सरकारको प्रवक्तामा नियुक्त गरेको छ। बैठकपछि मन्त्री खरेलले पत्रकारहरूलाई जानकारी दिँदै विभिन्न निर्णयहरूबारे जानकारी दिएका हुन्।

उनका अनुसार, २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा मृत्यु भएका नेपाली नागरिकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ। प्रदर्शनका क्रममा भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीबाहेक, पहिचान खुलेका मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिइनेछ। साथै, काजक्रिया, खाना र यातायात खर्चका लागि अतिरिक्त ५ लाख रुपैयाँ उपलब्ध गराइने निर्णय भएको छ।

बैठकले सुरक्षण मुद्रण सम्बन्धी नियमावली २०८२ पनि स्वीकृत गरेको छ। यो नियमावली सुरक्षित मुद्रण सम्बन्धी ऐन २०८१ लाई कार्यान्वयनमा लैजानका लागि आवश्यक व्यवस्था अनुसार ल्याइएको प्रवक्ता खरेलले जानकारी दिए।

त्यस्तै, छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ताका लागि सूचना तथा प्रशारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोक्ने निर्णय भएको छ। यससँगै अब अनलाइन सञ्चार माध्यम दर्ता तथा नविकरणको प्रक्रिया जिल्ला प्रशासन कार्यालयबाट नभैइ, सूचना विभागमार्फत नै यथावत रूपमा अघि बढ्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.