‘म्याण्डेड’ पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ : गृहमन्त्री अर्याल

डिसी नेपाल
९ असोज २०८२ २२:५०
184
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा दह्रिलोसँग उभिने बताएका छन्।

आज मन्त्रिपरिषद्को बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले छ महिनाभित्र निर्वाचन गर्ने ‘म्याण्डेड’सहित वर्तमान सरकार निर्माण भएको स्पष्ट पारे। “सरकारले आफ्नो उद्देश्य पूरा गर्न सकेन भने प्रश्न उठ्छ”, उनले भने।

जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न आयोग गठन गरिसकिएको जानकारी दिँदै उहाँले आयोगले गर्ने सिफारिसका आधारमा सरकारले काम गर्ने स्पष्ट पारे। “अनुसन्धान गर्ने निकायले केके सिफारिस गर्छ, त्यहीअनुसार हुन्छ”, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.