साफ यु–१७ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

डिसी नेपाल
९ असोज २०८२ २२:५८
132
Shares

काठमाडौं । साफ यु१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ।

श्रीलङ्काको कोलम्बो रेसकोर्समा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतसँग नेपाल ३० गोलले पराजित हुँदै अन्तिम चारबाट बाहिरिएको हो। जितसँगै भारत भने साफ यु१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान शाह र डायमन्ड सिंह थोकचोमले समान एक/एक गोल गरे। सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन्।

गुनलेइबाले खेलको ६१औँ मिनेटमा गोल गरे भने अजलानले खेलको ८०औँ मिनेटमा गोल गरे। खेलको दोस्रो हाफको अतिरिक्त समयमा भारतका अर्का खेलाडी डायमन्डले एक गोल थपे।

नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो। नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ४० ले पराजित भएको थियो।

त्यसैगरी भारतले भने समूह चरणका तीनवटै खेल जितेको थियो । पहिलो खेलमा माल्दिभ्सलाई ६० ले हराएको भारतले त्यसपछि भुटानलाई १० र पाकिस्तानलाई ३२ ले पराजित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.