युक्रेनसँगको द्वन्द्वका कारणहरूलाई सम्बोधनका लागि वार्ता गर्न तयार रहेको रूसी विदेश मन्त्रीको भनाइ

डिसी नेपाल
१२ असोज २०८२ १४:३४
144
Shares

न्यूयोर्क। रूस युक्रेन बिचको द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नको लागि वार्ता गर्न तयार रहेको रूसी विदेश मन्त्री सर्गेई लावरोभले बताएका छन्।

लाभ्रोभले रूसको सुरक्षा गर्न र युक्रेनमा रहेका रूसी जनता तथा रूसी भाषीहरुको अधिकार पुनः स्थापनाको महत्वलाई जोड दिदै यस्तो बताएका हुन् ।

यूएनजीएको ८० औँ सत्रमा आफ्नो देशको तर्फबाट बोल्दै उनले मस्कोको अधिकार र चासोको विश्वसनीय सम्मानमा आधारित भएमा रूस युक्रेनका लागि सुरक्षा ग्यारेन्टी बारे छलफल गर्न तयार रहेको बताएका हुन् ।

द्वन्द्वले राष्ट्रहरू बिचको सार्वभौमसत्तामा समानताको सिद्धान्तको गम्भीर उल्लङ्घन गर्नुका साथै न्याय र विश्वासलाई कमजोर पारी सङ्कट र द्वन्द्व उत्पन्न गर्ने लाभ्रोभले उल्लेख गरेका छन् ।

उनले सम्बन्धित राष्ट्रहरूको सैन्य शक्ति, जनसङ्ख्याको आकार वा आर्थिक स्थितिको परवाह नगरी अन्तर्राष्ट्रिय प्रणालीमा सबै राष्ट्रहरूको उचित स्थिति सुनिश्चित गर्न पनि आह्वान गरेका छन् ।

लाभ्रोभले पश्चिममको बल प्रयोग वा धम्कीबाट टाढा रहने सिद्धान्तलाई धेरै पटक उल्लङ्घन गरेको उल्लेख गर्दै यसले मध्य पूर्वको स्थिरतालाई झनै कमजोर पारेको बताएका छन् ।

द्धन्द्धको समयमा, प्यालेस्टिनीहरू विरुद्ध इजरायलद्वारा गैरकानुनी बलको प्रयोग, साथै इरान, कतार, यमन, लेबनान, सिरिया र इराकलाई लक्षित गर्ने आक्रामक उपायहरूले सम्पूर्ण क्षेत्रलाई भड्काउने खतरा खडा गरेको उनले जनाएका छन् ।

रूस–अमेरिका सम्बन्धको सन्दर्भमा, ल्याभरोभले युक्रेनी सङ्कटको व्यावहारिक समाधानका लागि राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबिचको अलास्का शिखर सम्मेलन पछि रूसको आशा मस्को र वासिङ्टन बिचको वार्ताको निरन्तरतामा निहित रहेको बताएका छन् ।

रूस र अमेरिकाले विश्वव्यापी अवस्थाप्रति विशेष जिम्मेवारी बोकेका बताउदै उनले नयाँ युद्ध निम्त्याउन सक्ने जोखिमहरूबाट बच्न आवश्यक रहेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको सुधारको विषमा, लाभ्रोभले आजको विश्वव्यापी शक्तिको सन्तुलन ८० वर्ष अघिको भन्दा मौलिक रूपमा भिन्न रहेको कुरामा जोड दिएका छन् ।

उनले सुरक्षा परिषद्मा एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको प्रतिनिधित्व विस्तार गरी सबै सदस्य राष्ट्रको हितको रक्षा गर्दै पूर्ण पारदर्शिताका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.