नेपाली पौडीबाज अथर्वको दुई राष्ट्रिय कीर्तिमान

डिसी नेपाल
१३ असोज २०८२ १६:३२
8
Shares

काठमाडौं। नेपाली पौडीबाज अथर्व सिंहले ११ औँ एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा आज दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

भारतको अहमदाबादमा जारी प्रतियोगितामा अथर्वले पुरुष एक हजार पाँच सय मिटर फ्रिस्टायल १७ मिनेट ४३.५७ सेकेन्डमा पूरा गर्दै १० वर्षअघि शिरिष गुरुङले बनाएको १८ मिनेट ४५.६२ सेकेन्डको कीर्तिमान भंग गरे।

सोही स्पर्धामा नेपालका कल्किन श्रेष्ठले पनि शिरिषको कीर्तिमानलाई उछिने। कल्किनले १८ मिनेट ११.११ सेकेन्डमा निर्धारित दूरी तय गरेको पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले जानकारी दिए।

अथर्वले अर्को कीर्तिमान चार सय मिटर व्यक्तिगत मिड्लेमा बनाए। यो स्पर्धामा पनि अथर्वले सन् २०१६ मा शिरिषले नै स्थापित गरेको पाँच मिनेट ०४.७० सेकेन्डको कीर्तिमान तोडेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.