इंग्लिस प्रिमियर लिग : एभर्टन र वेष्टह्यामले खेले बराबरी

डिसी नेपाल
१४ असोज २०८२ ९:४६
8
Shares

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र वेष्टह्याम युनाइटेडले बराबरी खेलेका छन् । आज बिहान सम्पन्न खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

एभर्टनका लागि माइकल किन र वेष्टह्याम युनाइटेडका जेरोड बेवोनले गोल गरेका थिए । एभर्टनका लागि किनले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवात अग्रता दिलाएका थिए । तर ६५औँ मिनेटमा वेष्टह्यामका बेवोनले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

यो बराबरीसँगै एभर्टन ६ खेलबाट ८ अंकका साथ तालिकाको नवौँ स्थानमा रहेको छ । समान खेलबाट ४ अंक जोडेको वेष्टह्याम अन्तिमबाट दोस्रोमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.