त्रिनगर नाकाबाट नौ हजारभन्दा बढी व्यक्ति स्वदेश भित्रिए

डिसी नेपाल
१४ असोज २०८२ १९:१५

गोदावरी। कैलालीको त्रिनगर नाकाबाट नौं हजार २०५ जना स्वदेश भित्रिएका छन्। रोजगारीलगायतका विभिन्न प्रयोजनका लागि भारत गएकाहरु दसैँको अवसरमा फर्किएका त्रिनगर नाकामा स्थापना गरिएको हेल्पडेस्कको तथ्याङ्क छ।

त्रिनगर नाका भएर यही असोज १ गते ५०५ जना स्वदेश भित्रिएका थिए भने २०९ जना भारत गएका छन्। असोज २ गते ७२६ आएका छन् भने ११३ जना भारततर्फ लागेका छन्। साथै असोज ३ गते ८८६ जना आउँदा १३६ जना भारत गएका छन् भने असोज ४ गते ३२७ जना स्वदेश फर्किदा ११० जना भारत पसेका छन्।

असोज ५ गते ७७० जना स्वदेश फर्केकोमा सो दिन ९५ जना विदेशिएका छन्। यसैगरी असोज ६ गते ४८१ जना, ७ गते २४५ जना र असोज ८ गते ९५६ जना विदेशिएकोमा क्रमशः ५२ जना, १२१ जना र ४८ जना कामको खोजीमा भारत गएको तथ्याङ्क छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.