नेपालले वेस्ट इन्डिजलाई दियो एक सय २३ रनको लक्ष्य

डिसी नेपाल
१४ असोज २०८२ २२:१५
56
Shares

काठमाडौं। वेस्ट इन्डिज र नेपालबीचको टी–२० सिरिज युनिटी कपअन्तर्गतको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिजलाई एक सय २३ रनको लक्ष्य दिएको छ।

यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १९.५ ओभरमा सर्ब विकेट गुमाएर एक सय २२ रन बनाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। यस्तै कप्तान रोहित पौडेलले १७ तथा सन्दीप जोराले १४ रन बनाए। वेस्ट इन्डिजका रेमन सिमण्ड्सले सर्वाधिक ४ विकेट लिए।

नेपालले सिरिजको उपाधि जितिसकेको छ। लगातार दुई खेलमा शान्दार जित दर्ता गर्दै उपाधि जितिसकेको नेपाललाई आज सिरिज ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.