चर्खे पिङ संरक्षणमा स्थानीय

डिसी नेपाल
१५ असोज २०८२ २०:४३
28
Shares

दमौली । तनहुँको भानु नगरपालिका४ टारका स्थानीय चर्खे पिङ संरक्षणमा जुटेका छन्। दसैका बेला पिङ हाल्ने प्रचलन हराउँदै जान थालेपछि स्थानीयवासी पिङ संरक्षणमा जुटेका हुन्

यहाका स्थानीयवासीले चर्खे र लिङ्गे पिङ हालेर सर्वसाधारणका लागि पिङ हालेको स्थानीय युवा सन्देश आचार्यले जानकारी दि। उले भने, दसैंका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता छ, तर पछिल्लो समय बढ्दो आधुनिकतासँगै पिङको प्रचलन लोप हुन थालेको छ त्यसैले संरक्षणका लागि एकै ठाउँमा चर्खे र लिङ्गे पिङ हालेका छौं।

सोही वडाकै गगनपुर बगैंचामा संस्कृति जगेर्ना गर्ने उद्देश्यसहित स्थानीय युवाले चर्खे पिङ र लिङ्गे पिङ हालेका छन् पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण गाउँमा पिङ देख्नै मुस्किल हुने गरेको आचार्यको गुनासो छ

ले भने, विगतमा दसैं सुरु हुनुभन्दा गाउँमा पिङ बनाइन्थ्यो, पिङ खेल्दै रमाइलो हुन्थ्यो तर आजभोलि समय त्यस्तो छैन गाउँमा युवा नै पाउन छाडियो

वैदेशिक रोजगारीका लागि युवा विदेशिने क्रम बढेपछि गाउँमा पिङ देख्नै छाडिएको उको भनाइ छले भने, पिङको संस्कृति संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी गाउँमा भएका युवा मिलेर पिङ हालेका छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.