कञ्चनपुरमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते

डिसी नेपाल
१५ असोज २०८२ २१:३८
40
Shares

कञ्चनपुर । कञ्चनपुरमा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। बुधबार दिउँसो दैजीबाट जोगबुडा जाँदै गरेको से १ ज ४१७ नम्बरको बोलेरो जिप बेदकोट नगरपालिका-३ सिउडी बागमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, दैजी जोगबुडा सडक खण्डमा जिप अनियन्त्रित भएर सडकबाट झन्डै २० मिटर तल खसेको थियो। जिप दुर्घटनामा परेर बेदकोट नगरपालिका-४ का स्थानीय तारा पालका दुई वर्षीया छोरी युविका पालको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

दुर्घटनाका घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए। प्रहरीले फरार चालकको खोजी भइरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.