मिथिलामा आज रावण वध उत्सव

डिसी नेपाल
१६ असोज २०८२ ९:३३
20
Shares

महोत्तरी । मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ। महोत्तरीको मटिहानीमा आज विजयादशमीका दिन रावण वध उत्सव मनाइने भएको हो। श्रीराम मिथिलाका ज्वाइँ हुनुभएको र यहाँकी छोरी सीताको हरणकर्ता भएर पनि रावण वध मैथिलहरूका लागि उत्सव बन्दै आएको मानिन्छ।

वर्षौंदेखि विजयादशमीका दिन श्रीरामले असुर रावणको सम्हार गर्नुभएको स्मरणमा प्रतिकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ। विजयादशमीको दिन साँझको बेला दशानन (दश टाउको भएको) अजङ्को रावण प्रतिमालाई श्रीरामले चलाएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा गरिएको छ। यस प्रयोजनका लागि दुर्गा मन्दिर परिसरमा अजङ्को रावणको पुतला बनाइएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताए।

मिथिलामा विजयादशमीका दिन देवी विसर्जनसँगै यसै दिन श्रीरामले रावणलाई सम्हार गरेको विश्वासमा रावण वध उत्सवको परम्परा रहँदै आएको छ। यसैअनुसार मटिहानीमा वर्षौं वर्षदेखि यो उत्सव मनाउन थालिएको उनले जानकारी दिए।

‘हामी विजयादशमीका दिन बिहान देवी पूजन विसर्जन गर्छौं, साँझ रावण वध उत्सव मनाउँछौँ,‘ मण्डल भन्छन्, विजयाको दिन सन्ध्याकालअघि श्रीरामले रावण वध गर्नुभएको विश्वासमा यहाँ त्यसैबेला पारेर अजङ्को रावण आकृतिलाई तिरले ढालिन्छ।

दशहारा (दसैँ) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड र रक्तविजसहितका दैत्यको सम्हार गरेको प्रतीकात्मक रहेझैँ मटिहानीमा रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ। सत्ययुगमा देवीले दैत्य सम्हार गरेझैँ त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गर्नुभएको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ।

खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमीकै दिन सम्हार गरेको विश्वासमा मटिहानीमा रावण वध उत्सवको परम्परा चलेको मटिहानी७ निवासी प्रेस स्वतन्त्रता सेनानी ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डलको कथन छ।

मर्यादा पुरुषोत्तम श्रीरामले दश इन्द्रीयका दास दशानन ९रावण०माथि विजय प्राप्त गर्नुभएको हुँदा ‘दशहारा’ (दश इन्द्रीयको दासत्वलाई हराउने) पर्वको नाउँले प्रसिद्धि पाएको मैथिल लोकपरम्पराका ज्ञाता तथा मिथिला माहात्म्यका नेपाली अनुवादक जलेश्वर५ निवासी सेवानिवृत्त सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ बडादसैँ नाउँ पनि ‘वर्जय दश इन्द्रीय’ बाट बनेको रायको भनाइ छ

रावण वध उत्सव यस क्षेत्रको महत्त्वपूर्ण संस्कृति र परम्पराको अभिन्न अङ्ग नै बनेको नगरप्रमुख मण्डलको भनाइ छ हामी देवी उपाशनामा पनि रमाउँछौँ, यद्यपि रावण वध उत्सव हाम्रा लागि दसैँको खास परम्परा हो, उनी भन्छन्, यस उत्सवमा मटिहानीका जनजन परिचालित हुन्छन्

मटिहानीमा ‘वध’ गरेको देखाइने रावणको अजङ्को प्रतिमा भोलिपल्ट उल्लासमय वातावरणमा बाजागाजासाथ जलाशयमा पु¥याइ गहिरो पानीमा विसर्जन गर्ने परम्परा रहेको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.