राष्ट्रपतिले लगाए टीका

डिसी नेपाल
१६ असोज २०८२ १२:३९
400
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीका लगाएका छन्। उनले बिहीबार हनुमान ढोका पुगेर गुरुहरुको हातबाट टिका ग्रहण गरेका हुन्।

राष्ट्रपति पौडेलले दशैंको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका लगाएका हुन्।

राष्ट्रपति पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन्।

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.