नेपाल मलेसियासँग तीन रनले पराजित

डिसी नेपाल
१६ असोज २०८२ १६:०१
120
Shares

काठमाडौं । नेपाल अन्तरराष्ट्रिय महिला ट्वेन्टी २० अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको छ।

मलेसियाको कुआलालम्पुरमा सिरिजमा मलेसियाले नेपाललाई तीन रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रनको योगफल बनाएको थियो। मलेसियाक लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रनको योगदान दिएकी थिइन्। ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाएकी थिइन्

मलेसियाले जीतका लागि १०५ रनको लक्ष्य प्रस्तुत गर्दा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १०१ बनाएले थियो । नेपालका लागि पुजा महतोले सर्वाधिक ३० बनाइन् भने सम्झना खड्काले १८ र कविता जोशीले १३ बनाइन् ।

आगामी जनवरीमा आयोजना हुने टी२० विश्वकपको ग्लोबल छनोटको तयारी स्वरुप सोही प्रतियोगिताको तयारी स्वरुप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.