दशैंको दोस्रो दिन पनि टीका लगाइँदै

डिसी नेपाल
१७ असोज २०८२ १५:२२
8
Shares

काठमाडौं । बडादशैंको दोस्रो दिन आज काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा मान्यजनबाट टीका थाप्ने तथा आशीर्वाद लिने क्रम जारी छ।

हाम्रा समाचारदाताहरूका अनुसार देशका विभिन्न भागमा अवस्थित सहरमा निजी सवारी साधनमा टीका थाप्न हिँडेका सबै वयका मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको छ भने सार्वजनिक यातायातका साधन पनि भरिभारउ छन्। कहीँ सार्वजनिक यातायातको लामो प्रतीक्षा गर्नुपरेको गुनासो पनि टीका थाप्न जानेहरूले गरेका छन्।

काठमाडौं उपत्यकाका सडकमा पनि सार्वजनिक सवारी साधन फाट्टफुट्ट चलेका छन् भने मुख्यचोकमा निजी सवारी साधनको पनि ताँती लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.