उज्यालो नेपाल पार्टीसँग आफ्नो सम्बन्ध नरहेको कुलमानको दाबी
काठमाडौं। उर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवला दिँदै सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा आफूलाई प्रकाशन भएका सूचना र समाचारलाई लिएर गम्भीर ध्यानाकार्षण भएको जनाएका छन्।
उनले प्रचार गरिएकोजस्तो उक्त पार्टीमा आफ्नो कुनै आवद्धताको बारेमा कुनै छलफल नै नभएको दाबी गरेका छन्। उनले प्रचार गरिएजस्तो आफू जुम बैठकमा समेत सहभागी नहुने जानकारी गराएका छन्।
मन्त्री घिसिङले फेशबुकमा लेखेका छन्-‘उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिंदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा मलाई जोडेर प्रकाशन भएका सूचना/समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सूचना-समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन। प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु। मसँग कुनै छलफल/सल्लाह नै नगरी दुषित मनशायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु। साथै, आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछु।’







डिसी नेपाल







Facebook Comment