इजरायलद्वारा गाजाको फ्लोटिलाबाट २० जना भन्दा बढी पत्रकारहरू पक्राउ

डिसी नेपाल
१७ असोज २०८२ २१:३७
256
Shares

पेरिस। इजरायली सेनाले गाजा जाने सहायता फ्लोटिलामा रोकेपछि खवदारी गर्ने २० जना भन्दा बढी विदेशी पत्रकारहरूलाई इजरायलले गिरफ्तार गरेको भन्दै रिपोर्टर्स विदाउट बोर्डर्सले निन्दा गरेको छ। यसले सुचनाको स्वतन्त्र प्रभाहका लागि पत्रकारहरूलाई तत्काल रिहाइको आह्वानसमेत गरेको छ।

विज्ञप्तिमा पेरिस स्थित मिडियाले गत महिना गाजाका लागि यात्रा गरेको फ्लोटिलामा २० जना भन्दा बढी विदेशी पत्रकारहरू रहेको बताएको छ, जहाँ संयुक्त राष्ट्रसंघले अनिकाल भइरहेको बताएको छ।

पत्रकारहरूलाई बुधवार देखि बिहीबारको बिचमा पक्राउ गरिएको र कार्यकर्ताहरूलाई गाजा तर्फ लिएर गइरहेका डुङ्गाहरूलाई रोकेको आरएसएफले जनाएको छ।

करीव ४०० भन्दा बढी मानिस बोकेका जहाजहरूलाई गाजा पट्टीमा पुग्नबाट रोकियो, एक इजरायली अधिकारीले बताएका छन्।

पत्रकारहरूलाई पक्राउ गर्नु र उनीहरूलाई काम गर्नबाट रोक्नु सूचना दिने र सूचित हुने अधिकारको गम्भीर उल्लंघन भएको आरएसएफका प्रमुख मार्टिन रौक्सले बताए।

आरएसएफले मानवीय अभियानलाई कभर गर्न यी जहाजहरूमा रहेका समाचार व्यवसायीहरूको अवैध गिरफ्तारीको निन्दा गरेको रौक्सले प्रष्ट पारेका छन्।

जहाजमा रहेका करिब २० जना पत्रकार मध्ये स्पेनको एल पाइस, कतारको अल जजीरा र इटालीको सार्वजनिक प्रसारणकर्ता आरएआईका पत्रकारहरू थिए।

गिरफ्तारी सुरु भएदेखि मिडिया संस्थाहरूसँग उनीहरूका पत्रकारहरूको कुनै समाचार नआएको आरएसएफले बताएको छ।

इजरायलले गिरफ्तार गरिएका व्यक्तिहरूलाई युरोपमा निर्वासित गर्ने बताएको छ, भने हाल कुनै पनि जहाजले गाजाको समुद्री नाकाबंदी उल्लंघन गरेको छैन।

युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय प्रेसलाई प्यालेस्टिनी क्षेत्रमा स्वतन्त्र रूपमा सञ्चालन गर्न अनुमति दिइएको छैन।

इजरायली सेनासँग संलग्न मिडियालाई मात्र प्रवेशको अनुमति दिइएको छ, भने तिनीहरूको रिपोर्टिङ कडा सैन्य अनुगमनको अधीनमा छ।

आरएसएफका अनुसार प्यालेस्टिनी उग्रवादी समूह हमासले सन् २०२३ अक्टोबर–७ मा गरेको आक्रमणको बदलामा गाजामा इजरायली सैन्य कारबाही सुरु भएदेखि २१० भन्दा बढी पत्रकार मारिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.