वडादशैंको टीका र जमरा लगाउनेक्रम जारी

डिसी नेपाल
१८ असोज २०८२ ८:५७
8
Shares

काठमाडौं। बडादशैंअन्तर्गत टीकाको तेस्रो दिन आज(शनिबार) टीका र जमरा लगाउनेक्रम जारी छ।

मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो वा सेतो टीका र जमरा लगाउने क्रम शनिबार पनि जारी छ। देशभर बर्षा भइरहेपनि नजिकका आफन्त वा मान्यजनकहाँ टीका लगाउनेहरुको आवतजावत जारी छ ।

आश्विन शुक्ल द्वादशीका दिन पनि मान्यजनका घरमा गएर नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.