आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना

डिसी नेपाल
१८ असोज २०८२ १२:४६
108
Shares

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आज(शनिबार) देखि भोलि(आइतबार) विहानसम्म अत्ति भारी बर्षा हुने संभावना रहेको बताएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङद्वारा शनिबार आयोजित बैठकमा बोल्दै उनले शनिबार साँझ ८ बजेदेखि आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षा र राति १० बजेदेखि विहान २ बजेसम्म बढी जोखिम हुने संभावना रहेको बताए।

बागमती, मधेश, लुम्बिनी, गण्डकी प्रदेशका वासिन्दाहरुलाई सचेत रहन उनले आग्रह गरे। उनले नदी किनारमा बस्ने र यातायातमा रहनुभएका सर्वसाधारणहरुलाई आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.