जेनजी घाइते भेट्न पुगेका पूर्वगृहमन्त्री श्रेष्ठले भने- संघर्ष खेर जान दिने छैन

डिसी नेपाल
१८ असोज २०८२ १२:५२
140
Shares

काठमाडौं । जेनजी विद्रोहात्मक आन्दोलनका क्रममा सरकारको गोली प्रहारबाट घाइते भएका युवा आन्दोलनकारीहरूको स्वास्थ्य अवस्था बुझ्न पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आज(शनिबार) त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुगेका छन्।

श्रेष्ठले उपचाररत घाइतेहरूसँग भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे। उनले अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूको निष्ठापूर्ण सेवाप्रति आभार व्यक्त गर्दै घाइतेहरूको अवस्थामामा क्रमिक सुधार भइरहेको जानकारी पाएको बताए।

अस्पतालका अनुसार हालसम्म ४१ जना घाइते उपचारपछि घर फर्किसकेका छन्, भने ५ जना विभिन्न वार्डमा उपचाररत छन्।

पूर्वगृहमन्त्री श्रेष्ठले घाइतेहरूको सौर्यमय संघर्ष खेर जान नदिई उपलब्धिमूलक बनाउन आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.