पाँचथरको कात्तिके बोलेरो दुर्घटना : उद्धार कार्य जारी, मौसम प्रतिकुल

डिसी नेपाल
१८ असोज २०८२ १४:३४
12
Shares

फिदिम । पाँचथरको तमोर कोरिडोर अन्तर्गत कुम्मायक गाउँपालिका–३ रानीगाउँको कात्तिकेमा दुर्घटनामा परेका बोलेरो जिपमा १२ जना यात्रु रहेको पाइएको छ।

जसमध्ये ५ जनाको ज्यान गएको र ६ जना घाइते भएको स्थानीय संचारकर्मी भीम बाँस्कोटाले जानकारी दिए। मृतक र घाइतेहरूको पहिचान खुलिनसकेको उनले बताए। घाइतेहरूको उपचारको लागि धरान र फिदिमतर्फ पठाईएको छ।

हाल नेपाल प्रहरी, नेपाली सेना, स्थानीय लगायतले उद्धारको काम जारी राखेका छन्। बोलेरो जिप तमोर करिडोर अन्तर्गत कुम्मायक–३ मा सडक भन्दा अन्दाजी पाँचसय मिटर तल तमोर नदी नजिकै खसेको बताइएको छ।

निरन्तरको झरी, अप्ठ्यारो भीर भएका कारण उद्धारमा कठिनाइ भइरहेको छ। जीपले ताप्लेजुङबाट १२ जना यात्रु लिएर धरानतर्फ छुटेको बुझिएको छ भने विचमा चढाएको यात्रु संख्या एकिन हुन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.