चितवनको फिस्लिङमा पहिरो, राजमार्ग बन्द

डिसी नेपाल
१८ असोज २०८२ १५:२५
64
Shares

चितवन। इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ।

शुक्रबार साँझदेखि परेको वर्षाका कारण १ः४५ बजे मुग्लिङ-नागढुंगा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा तीन घण्टा लाग्ने छ।

पहिरो पन्छाउने काम सुरु गरिएको उनले बताए। नारायणगढ-मुग्लिन सडक खण्डमा भने अहिलसम्म अवरोध नभएको उनले जानकारी दिए।

निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.