तमोर करिडोर दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्न बाँकी

डिसी नेपाल
१८ असोज २०८२ १५:३९
124
Shares

फिदिम । तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका वडा नं ३ रानीगाउँको कार्तिकेमा भएको बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।

दुर्घटनामा ६ जना घाइते भएका छन्। घाईतेहरुलाई उपचारको लागि धरान पठाईएको प्रहरीले जनाएको छ। मृतक र घाईतेहरुको पहिचान हुन बाँकी रहेको बताइएको छ।

ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जीप सडक बाट करिब ५ सय मिटर तल खसेको थियो। दुर्घटनामा तीन महिला र तीन पुरूषको घटना स्थलमै मृत्यु भएको हो। घाइतेहरुको उद्धारमा नेपाली सेना वीरदल गण र नेपाल प्रहरी घटिएको छ।

पाँच घाइतेलाइ धरान र एक जनालाई थप उपचारको लागि फिदिम पठाइएको छ। मृतकको पहिचानसहितको थप विवरण आउन बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.