रातु खोलाले बगायो सरकारी जिप

डिसी नेपाल
१८ असोज २०८२ २०:१६
1.4k
Shares

महोत्तरी । महोत्तरीमा रातु खोलाले नेपाल टेलिकमको जिप बगाएको छ।

प्रदेश–३–०१–४५२७ नम्बरको जिप शनिबार साँझ रतु खोलाले बगाएको हो।

सशस्त्र प्रहरीले जेसीबीको सहायताले जिप निकालेको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाका अनुसार अविरल वर्षसँगै बढेको रातु खोलाले शनिबार साँझ भंगाहा नगरपालिका–५ जमुनियाबाट बिर्तातर्फ जाँदै गरेको जिप बगाएको थियो।

सुरक्षा बेस भंगाहाबाट खटिएको टोलीले जिप निकालेको र चालक सकुशल रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.