बागमती किनारका ज्येष्ठ नागरिकलाई स्थानान्तरण

डिसी नेपाल
१८ असोज २०८२ २२:०६
28
Shares

काठमाडौं। पानीको बहाव बढेसँगै बागमती नदी किनारका जोखमपूर्ण क्षेत्रका ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

नेपाली सेनाको श्री गणेशदल गण र अन्य सुरक्षा निकायको संयुक्त टोलीले आज गुह्येश्वरी र टेकु दोभानस्थित सत्प्रयास वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई पचली भैरव मन्दिरमा स्थानान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

निरन्तर बर्सातका कारण हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न उपत्यकाभित्र थप जोखिमयुक्त १९ स्थानमा दक्ष जनशक्तिलाई आवश्यक उपकरणसहित पूर्वतैनाथी गरिएको पनि निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.