साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग

डिसी नेपाल
१९ असोज २०८२ १२:१८
24
Shares

काठमाडौं। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाएपछि दुईतर्फी सवारी सञ्ंचालन भएको छ।

सडक विभागले दिएको जानकारी अनुसार आइतबार बिहान वर्षा रोकिएसँगै पहिरो पन्छाइएको हो।

विभागका प्रवक्ता प्रभात कुमार झाले पहिरो पन्छाएर सवारी आवत्जावत सहज बनाइएको बताए। उनका अनुसार राजमार्ग खुलपछि यस सड्कमा अवरुद्ध भएका सवारी चल्न थालेका छन्।

यस्तै, पृथ्वी राजमार्ग अन्र्तगत मलेखु-मुग्लिन सड्क खण्ड पनि अहिले विहान साढे ११ बजेदेखि सञ्चालनमा आएको विभागले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.